२० पुस २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

किमसँग शिखर वार्ता गर्न दक्षिण कोरियाली राष्ट्रपति प्योङयाङ जाने

सोल- दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन कोरियाली शिखर वार्ताका लागि सिधा उडानमार्फत् वार्तास्थल जाने भएका छन्। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ताका लागि उनी सिधा उडानबाट पश्चिमी सामुद्रिक सिमा क्षेत्र पार गरेर जाने भएका हुन्। 

दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले शुक्रबार दिएको जानकारी अनुसार मुन र उनको प्रतिनिधि मण्डल शिखर वार्ताका लागि उत्तर कोरियाको राजधानी प्योङयाङ जान लागेको छ। दुई शीर्ष नेताहरुबीच यही सेप्टेम्बर १८ देखि २० तारिख सम्म प्योङ्याङ्मा वार्ता गर्ने तयारी भएको छ। 

शीर्ष नेताहरुको वार्ता अगाडी दुवै देशका वरिष्ठ अधिकारीहरुबीच वार्ता हुने कार्यतालिका रहेको छ। सो वार्ताका लागि दक्षिण कोरियाली वरिष्ठ अधिकारीहरुको टोली भने सेप्टेम्बर १६ तारिखमा उत्तर कोरियामा अवतरण गर्नेछ। 

शिखर वार्ता अन्तर्गत सवैभन्दा महत्वपूर्ण मानिने शीर्ष नेताहरुको पहिलो भेटवार्ताको प्रत्यक्ष प्रसारण गर्न दुवै पक्ष सहमत भएका छन्। उनीहरुबीच झण्डै पाँच घण्टा वार्ता हुने बताइएको छ। स्थानीय समय अनुसार दिउसो २ बजेपछि सुरु हुने भेटवार्ता कुनै विश्राम विना निरन्तर चल्ने कार्यतालिका छ। 

शीर्ष नेताहरुको छलफलका एजेण्डाहरुका बारेमा भने अहिलेसम्म विस्तृतमा जानकारी नगराइएको समाचारमा जनाइएको छ। 

प्रकाशित: २९ भाद्र २०७५ १६:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App