११ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्प र पुटिन हेलसिन्कीमा भेट्ने

मस्को- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यही जुलाइमा भेटवार्ता हुने भएको छ। उनीहरुबीचको वार्ता यही जुलाई १६ मा फिनल्याण्डको हेल्सीन्कीमा हुने भएको अधिकारीले बताएका छन्। 

लामो समयदेखि प्रतिक्षा गरिएको उनीहरूको शिखर वार्ताको बारेमा रूसी प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा जनाइएको छ। राष्ट्रपति ट्रम्प र पुटिनसँगको परामर्शबाट उहाँहरूको शिखर वार्ताको बारेमा सहमति गरी निर्णय भएको उल्लेख गरिएको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्यादिमिर पुटिन जुलाई १६ मा हेल्सिन्कीमा भेटवार्ता गर्न लागेकाे क्रेमलिनले जानकारी दिएको हो । 

प्रकाशित: २१ असार २०७५ ०९:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App