१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

तालिवान लडाकूहरुद्वारा ४३ जना अपहरित

अफगानिस्तान-  तालिवान लडाकूहरूले अफगानिस्तानको दक्षिणी क्षेत्रबाट ४३ जनालाई अपहरण गरेका छन्।

अपहरणमा पर्नेहरुमा सडक निर्माण कार्यमा संलग्न कामदारहरु समेत रहेको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।युद्धविरामको अवधि सकिएपछि आक्रमक रुपमा प्रस्तुत भएका लडाकूहरूले चार जना सुरक्षाकर्मीको हत्या पनि गरेका छन्।

लडाकूहरूले कान्दाहार प्रान्तको स्पीन बोल्डाक जिल्लामा रहेको सुरक्षा शिविरमा आक्रमण गरेको प्रान्तीय गभर्नरका प्रवक्ता डाउड अहमादीले एएफपीलाई जानकारी दिए।

अपहरणमा परेका ४३ जना मध्ये केही प्राविधिक कमदार, चालक र खाना बनाउने कामदार समेत रहेका छन् ।उनीहरुलाई रोजगारी दिएको अफगानी निर्माण कम्पनीले पनि उनीहरु अपहरित भएको पुष्टी गरेको समाचारमा जनाइएको छ।तालिवानी लडाकूहरुले पनि अपहरणको जिम्मेवारी लिएका छन् ।रासस

 

प्रकाशित: ९ असार २०७५ ०५:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App