२० माघ २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प-किम एेतिहासिक वार्ता सुरू

सिंगापुर- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोग उनबीच शिखर वार्ता सुरू भएकाे छ।

उनीहरूबीच सिंगापुरको सेन्तोसा आइल्याण्डस्थित होटल क्यापेलामा भेटवार्ता भइरहेकाे छ। उनीहरूबीचकाे भेटवार्तालार्इ उच्च प्राथमिकतामा राखी सिंगापुर सरकारले भेटवार्ता हुने स्थानकाे सुरक्षा व्यवस्था कडा बनाएको छ।

वार्तामा बस्नुअघि दुवै नेता एकदमै उत्साहित देखिएका थिए। ट्रम्पले  वार्तालाई मिसन अफ पिस अर्थात शान्तिको अभियान भनेका छन् । ह्वाइट हाउसले किमसँगको वार्ता विश्व शान्तीका लागि पहिलो स्टेप भएकाे बताइसकेकाे छ। वार्ता पश्चात्त् उत्तर कोरियाली नेता किम परमाणु हतियार त्याग्न तयार हुने आशा विश्व समुदायले गरेकाे छ।

 

प्रकाशित: २९ जेष्ठ २०७५ ०१:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App