५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा ७ जनाको मृत्यु

तस्विर : एजेन्सी

ग्वाटेमाला सिटी -  ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा ७ जनाको मृत्यु भएकाे छ । ज्वालामुखीमा परी ३०० सय जना भन्दा बढी घाइते भएका छन्।

ज्वालामुखी ग्वाटेमाला शहरबाट ४० किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा रहेको इल रोडिए नजिकैको गाउँमा विस्फोट भएको  बताइएकाे छ।

आकाशमा फैलिएको धूलो–धुँवा तथा खरानीका कारण ला अरोरा विमानस्थल बन्द गरिएको छ भने त्यहाँको जनजीवन प्रभावित भएको छ। ग्वाटेमाला सरकारका अनुसार झण्डै १० लाख मानिस यसबाट प्रभावित भएका छन् ।सम्भावित जोखिमबाट जोगाउन मानिसहरूलार्इ सुरक्षित स्थानतर्फ सारिएको छ। यसलार्इ सन्  १९७४ यताकै ठूलो  ज्वालामुखी भएको बताइएको छ ।

प्रकाशित: २१ जेष्ठ २०७५ ०७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App