नयाँ दिल्ली – भारतीय राज्य बिहार र आन्ध्र प्रदेशमा आएको आँधीमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ।
यी दुई राज्यका जिल्लामा सो प्रकोपले सताएको र यसमा परी २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ व्यक्ति घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन्।
गत महिना भारतका अरु विभिन्न पाँच वटा राज्यमा भीषण वर्षापछि आएको हावाहुरी सहितको आँधीमा २५० भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै अन्य चार सयभन्दा बढी घाइते भएका थिए ।
प्रकाशित: १८ जेष्ठ २०७५ ११:१३ शुक्रबार