भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार दिउँसो पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम ‘भिएनएक्सप्रेस’ले जनाएको छ।
डुङ्गामा ३२ जना भारतीय पर्यटकसहित चालक दल र सेवाकर्मी गरी ३६ जना सवार थिए। दुर्घटनापछि २१ जनाको सकुशल उद्धार गरिएको छ भने १५ जनाको शव फेला परेको छ।
घटनापछि स्थानीय अधिकारी, तटरक्षक बल तथा आसपास रहेका अन्य डुङ्गाको सहयोगमा उद्धार अभियान सञ्चालन गरिएको थियो।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।
प्रकाशित: २७ असार २०८३ १७:२२ शनिबार





