१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

कर्नाटकमा भाजपा बन्यो पहिलो दल, कांग्रेस ७८ सीटमै सीमित

नयाँ दिल्ली– भारतको कर्नाटक राज्यमा सम्पन्न विभानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी पहिलो दल बनेको छ। कुल २२४ मध्ये २२२ सीटमा सम्पन्न मतगणनामा भाजपा १०४ सीटसहित पहिलो दल बनेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार ७८ सीट जित्दै कांग्रेस आई दोस्रो दल बनेको छ। जनता दल सेकुलर (जेडिएस)ले ३८ सीट जितेको छ। अन्यले २ सीट जितेको छ।

सरकार कसको बन्ला ?

चुनावी नतिजासँगै राज्यमा सरकार बनाउने कसरत सुरु भएको छ। कर्नाटकमा भाजपा पहिलो दल भएपनि बहुमत भने प्राप्त गर्न सकेन्। यस्तो अवस्थामा कांग्रेस र जेडिएस मिलेर सरकार बनाउने सम्भावना पनि देखिन्छ। कांग्रेसले जेडिएसलाई समर्थन गर्ने घोषणा गरिसकेको छ। अब जेडिएसले सरकारका लागि दाबी गरे भाजपा प्रतिपक्षमा बस्नुपर्नेछ। 

प्रकाशित: १ जेष्ठ २०७५ १०:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App