८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तेलंगानाको रासायनिक कारखानामा विस्फोट: १० कामदारको मृत्यु, २० घाइते

भारत तेलङ्गाना राज्यको संगारेड्डी जिल्लामा रहेको एक रासायनिक कारखानाको रिएक्टरमा विस्फोट हुँदा १० जना कामदारको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

स्थानीय सञ्चार माध्यमका अनुसार मृत्यु हुनेको संख्या बढ्न सक्छ। धेरै मानिसहरू अझै पनि फसेको बताइएको छ।

पसुमिल्लाराममा रहेको सिगाची केमिकल उद्योगमा बिहान ७ बजे दुर्घटना भएको थियो। विस्फोटपछि कामदारहरू कारखानाबाट बाहिर निस्किरहेका देखिएका थिए।

विस्फोटको कारण भने खुल्न नसकेको बताइएको छ। एजेन्सी

प्रकाशित: १६ असार २०८२ १२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App