पाकिस्तानका सेना प्रमुख जनरल असीम मुनीरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिन माग गरेका छन्। उनले भारत र पाकिस्तानबिच युद्धविराम गराउन ट्रम्पको महत्वपूर्ण भूमिकाका लागि यो पुरस्कारको माग गरेका छन्।
असिम मुनीर हाल अमेरिका भ्रमणमा छन्। यहाँ ट्रम्प र मुनीरले बन्द ढोका पछाडि भेटेका थिए। ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले भनिन्, 'ट्रम्पले मुनीरलाई आतिथ्य दिने छन् किनभने मुनीरले ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्न माग गरेका छन्।'
ट्रम्पले यसको लागि मुनीरलाई धन्यवाद दिए। उनले भने, 'म पाकिस्तानलाई माया गर्छु। यो भेट हुनुभन्दा पहिले प्रधानमन्त्री मोदीले ट्रम्पसँग फोनमा कुरा गरेँ। त्यसपछि मोदीले भने कि युद्धविराम प्रत्यक्ष वार्ताबाट भएको थियो। उनले अमेरिकाको मध्यस्थतालाई अस्वीकार गरे।' एजेन्सी
प्रकाशित: ५ असार २०८२ ११:१८ बिहीबार