इजरायलले इरानका सैन्य र आणविक ठाउँहरू सहित सयौं लक्ष्यमा आक्रमण गरी सशस्त्र बलका प्रमुख र आणविक वैज्ञानिकहरूको हत्या गरेपछि विश्व नेताहरूले शुक्रवार संयम अपनाउन आग्रह गरेका छन्। यहाँ मुख्य प्रतिक्रियाहरूको सारांश छ:
संयुक्त राज्य अमेरिका: आणविक बम असम्भव
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजसँग भने, ‘इरानसँग आणविक बम हुन सक्दैन र हामी वार्ता टेबलमा फर्कने आशा गर्दैछौँ। हेरौँ के हुन्छ।’ उनले इरानले बदला लिएमा अमेरिका र इजरायलको रक्षा गर्न तयार रहेको बताए।
संयुक्त राष्ट्रसङ्घ: अधिकतम संयम
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भनेका छन्, ‘दुवै पक्षलाई अधिकतम संयम देखाउन, कुनै पनि हालतमा गहिरो द्वन्द्वमा नडुब्न बच्न’ आग्रह गरे। उनले इजरायलको आणविक ठाउँमाथिको आक्रमणबाट विशेष चिन्ता व्यक्त गरे।
चीन: गहिरो चिन्ता
चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, ‘यस्ता कार्यहरूले गम्भीर परिणाम ल्याउन सक्छ। सम्बन्धित पक्षले क्षेत्रीय शान्ति र स्थिरता कायम राख्न तनाव बढ्नबाट जोगिनुपर्छ।’
इरानमाथि इजरायली आक्रमण गैरकानूनी : रूस
रूसले शुक्रबार इरानमाथि इजरायली आक्रमण बिनाकारण र संयुक्त राष्ट्र संघको बडापत्रको उल्लङ्घन भएको बताएको छ। इजरायलले तेहरानको आणविक कार्यक्रमको बारेमा पश्चिमा चिन्ताहरूलाई कम गर्न सम्झौतामा पुग्ने कूटनीतिक प्रयासहरूलाई ध्वस्त पारेको आरोप उसको छ।
चेक गणराज्य: उचित प्रतिक्रिया
चेक गणराज्यका विदेशमन्त्री जान लिपावस्कीले भनेका छन्, ‘इरानले हिजबुल्लाह र हमासलाई समर्थन गर्दै इजरायललाई नष्ट गर्ने र आणविक बम बनाउने प्रयास गरिरहेको छ। यो इजरायलको उचित प्रतिक्रिया हो।’
फ्रान्स: तनावबाट जोगिनुहोस्
फ्रान्सका विदेशमन्त्री जीन–नोएल ब्यारोटले एक्समा भनेका छन्, ‘हामी सबै पक्षलाई संयम अपनाउन र क्षेत्रीय स्थिरतालाई कमजोर पार्ने तनावबाट जोगिन आह्वान गर्छौँ।’
हमास: खतरनाक वृद्धि
इरान–समर्थित प्यालेस्टिनी समूह हमासले भनेकाे छ, ‘यो आक्रमणले खतरनाक वृद्धि गर्छ जसले क्षेत्रलाई अस्थिर बनाउँछ।’
जोर्डन: युद्धभूमि बन्ने छैन
जोर्डनका सरकारी प्रवक्ताले भनेका छन्, ‘जोर्डनले आफ्नो हवाई क्षेत्रको कुनै उल्लङ्घनलाई अनुमति दिएको छैन र दिने छैन।’
ओमान: खतरनाक दृष्टिकोण
आणविक वार्ताका मध्यस्थकर्ता ओमानले भनेकाे छ, ‘अन्तर्राष्ट्रिय समुदायले यो खतरनाक दृष्टिकोण रोक्न स्पष्ट र दृढ स्थिति अपनाउनुपर्छ।’
कतार: कडा निन्दा
गाजा मध्यस्थकर्ता कतारले भनेकाे छ, ‘इजरायली आक्रमणको कडा निन्दा गर्छौँ। यो खतरनाक वृद्धिले क्षेत्रको सुरक्षा र स्थिरतालाई धम्की दिन्छ।’
टर्की: आक्रामक कार्य बन्द गर्नुपर्छ
टर्कीको विदेश मन्त्रालयले भनेकाे छ, ‘इजरायलले थप द्वन्द्व निम्त्याउने आक्रामक कार्य तुरन्त बन्द गर्नुपर्छ।’
बेलायत: तनाव घटाऊ
बेलायती प्रधानमन्त्री किर स्टारमरले भनेका छन्, ‘यी आक्रमणका रिपोर्टहरू चिन्ताजनक छन्। हामी सबै पक्षलाई तनाव तुरुन्त घटाउन आग्रह गर्छौं।’
यमनका हुथी विद्रोही: आत्मरक्षाको अधिकार
तेहरान–समर्थित हुथी विद्रोहीहरूले भनेका छन्, ‘हामी इरानको पूर्ण र वैध अधिकारलाई समर्थन गर्छौं र इजरायली आक्रमणको कडा निन्दा गर्छौं।’ एएफपी
प्रकाशित: ३० जेष्ठ २०८२ १७:३४ शुक्रबार





