१२ माघ २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एयर इन्डिया विमान दुर्घटना: डाक्टर बस्ने भवनमा ठोक्किएको थियो विमान, १५ डाक्टर घाइते

तस्बिर: एपी

भारतको गुजरातस्थित अहमदाबादमा भएको एयर इन्डियाको विमान, विमानस्थल नजिकै रहेको सिभिल अस्पतालका डाक्टरहरू बस्ने आवासीय भवनमा ठोक्किएको भारतीय संचारमाध्यले जनाएका छन्। 

विमान भवनमा ठोक्किँदा त्यहाँ रहेका कम्तिमा १५ जना डाक्टर घाइते भएका छन्। लन्डनका लागि उडेको सो विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणीसहित २४२ जना यात्रु सवार थिए।

विमानको भग्नावशेषबाट अहिलेसम्म ८० जनाको शव निकालिएको छ। एयर इन्डियाको फ्लाइट नम्बर एआई १७१ ले स्थानीय समयअनुसार दिउँसो १:३८ बजे उडान भरेको थियो र त्यसको दुई मिनेटमै दुर्घटनाग्रस्त भएको थियो।

प्रकाशित: २९ जेष्ठ २०८२ १६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App