१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा भ्रष्टाचारको समाचार लेख्ने पत्रकारलाई बाँधेर कुटपिट गरी गाउँ घुमाइयो

भ्रष्टाचारको समाचार लेख्ने क्रममा एक पत्रकारलाई बाँधेर कुटपिट गरी गाउँभरी घुमाइएको क्रूर घटनाको छानबिन गर्न भारतको मानव अधिकार निकायले प्रहरीसँग माग गरेको छ।

गत मे २५ मा उडिसामा आवास योजनाको समाचार लेख्न गएका पत्रकार विजय प्रधानमाथि भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

‘उनलाई अचानक आक्रमण गरिएको बताइएको छ, तर पीडितको खुट्टा र हात बाँधेर पोलमा बाँध्नुअघि गाउँभरी घुमाइयो र क्रूर कुटपिट गरियो,’ राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार भनेको छ। आयोगले उडिसा प्रहरीलाई दुई साताभित्र प्रतिवेदन पेस गर्न भनेको छ।

‘पीडितको मोबाइल फोन र भिडियो क्यामेरा आक्रमणकारीले तोडफोड गरेका छन् र घटनाबारे कुनै जानकारी नदिन चेतावनी दिएका छन्,’ आयोगको विज्ञप्तिमा छ।

पत्रकारमाथि आक्रमण गरेको आशङ्कामा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। रिपोर्टर्स विदाउट बोर्डर्सको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा भारत १५१औँ स्थानमा छ।

गत जनवरीमा छत्तीसगढमा भ्रष्टाचारबारे समाचार लेख्ने एक पत्रकारको शव कङ्क्रिटले ढाकिएको सेप्टिक ट्याङ्कमा लुकाइएको अवस्थामा फेला परेपछि भारतीय सञ्चारमाध्यमले गहन छानबिनको माग गरेका थिए। एएफपी

प्रकाशित: १६ जेष्ठ २०८२ २१:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App