१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको दुवै हातमा 'लड्डु' : उपहार अनि व्यापार!

पैसा त्यही भाषा बोल्छ, जुन सारा दुनियाँले बुझ्छ। तर कतारमा देखिएको पैसाको भाषा झनै गज्जबको छ।

मध्यपूर्वको भ्रमणका क्रममा कतारबाट ४० करोड अमेरिकी डलर मूल्यको सुपर लग्जरी बोइङ ७४७–८ जम्बो जेट विमान उपहार पाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोही देशलाई २ अर्ब डलर बराबरका बोइङ बेच्ने भएका छन्।

ट्रम्पले पाउने उपहारको रकम र व्यापार सम्झौता इतिहासकै ठुला उपहार र सम्झौता मान्ने पनि कम छैनन्। त्यसैले होला ट्रम्पले कतारका अमिर शेख तमिम बिन हमद अल–थानीको प्रशंसा गरे र उनको मित्रताको लागि धन्यवाद दिए।उनले भने, ’हामी दुवै एकअर्का जस्तै छौँ।’

तर के उनीहरू एकअर्का जस्तै छन् त?  यो प्रश्न धेरैको मनमा उब्जिएको छ।  

धनी राष्ट्र अमेरिकाका ‘अमिर’लाई कतारका अमिरले दिएको यो उपहार मात्रैले खासै ठुलो अर्थ राख्दैन। उपहार दिएपछि सोही देशलाई उनले फेरि अर्को उपहार दिए अर्थात् कतार एयरवेजले अमेरिकी कम्पनी बोइङसँग २ सय अर्ब डलर बराबरको विमान खरिद गर्ने।

यो हिसाबमा कतार भ्रमण अमेरिकाको लागि दुवै हातमा लड्डु भएको छ, उपहार पनि व्यापार पनि। कतार भ्रमणमात्रै होइन समग्रमा मध्यपूर्व भ्रमण ट्रम्पको लागि सुनका लड्डु भएको छ। किनकि यसअघि ट्रम्प साउदी अरेबियाको भ्रमणमा थिए, जहाँ उनले अर्बौँ डलरको सम्झौतामा पनि हस्ताक्षर गरेका थिए।  

प्रकाशित: १ जेष्ठ २०८२ ०८:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App