१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौं घाइते

खान युनिसस्थित एक युरोपेली अस्पतालमा भएको इजरायली हवाई आक्रमणमा २८ जनाको ज्यान गएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्। 

हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताले यो विवरण सार्वजनिक गरेका हुन्।

स्थानीय स्रोतहरूका अनुसार इजरायली लडाकु विमानहरूले गाजास्थित उक्त अस्पतालमा एकैपटक छ वटा बम खसालेका थिए। ती बमहरू अस्पतालको आँगन र आसपासका क्षेत्रमा खसेका थिए।

इजरायली सेनाले अस्पतालमुनि रहेको ‘हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टर’ मा आतंककारीहरूलाई लक्षित गरी ‘सटीक हमला’ गरेको दाबी गरेको छ।

यस आक्रमणमा गाजामा बीबीसीका लागि कार्यरत एक स्वतन्त्र पत्रकार पनि घाइते भएका छन्। उनको उपचारपछि अवस्था स्थिर रहेको बताइएको छ। बीबीसी

प्रकाशित: ३१ वैशाख २०८२ ०७:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App