२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानी सेना प्रमुख भन्छन् : भारतले हामीलाई तर्साउन सक्दैन

पाकिस्तानी सेना प्रमुख जनरल असीम मुनीरले पाकिस्तान आफ्नो क्षेत्रीय अखण्डता र सार्वभौमिकताको रक्षा गर्न पूर्ण रूपमा सक्षम रहेको बताउँदै आफूहरूलाई कसैले तर्साउन नसक्ने बताएका छन्। भारतीय सेनालाई उचित जवाफ दिने देशलाई गरेको वाचा पूरा गरेको उनले बताए।

'भारतले हामीलाई तर्साउन सक्दैन,’ सोमबार मुनीरले भने, ‘उसँग जतिसुकै हतियार होस् वा जतिसुकै ठुलो सेना भएको दाबी किन नहोस्।' युद्धमा सेनाको संख्याभन्दा पनि कौशलताले काम गर्ने भन्दै आफूहरूले त्यो कौशल देखाएको उनले सुनाए।

'कुरानमा भनिएको छ कि सानो सेनाले प्रायः ठुलो सेनालाई पराजित गर्दछ,’ उनले भने, ‘हाम्रो सेना र पाकिस्तानका जनता कुनै पनि आक्रमणको विरुद्धमा स्टिलको पर्खाल जस्तै एकताबद्ध छन्।’

प्रकाशित: ३० वैशाख २०८२ ०७:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App