१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पुटिन भन्छन् : युक्रेनको स्वतन्त्रता स्वीकार्य छैन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलेयुक्रेनको स्वतन्त्रता स्वीकार्य नभएको बताएका छन् । 

युद्धविरामका लागि युक्रेनसँग इस्तानबुलमा वार्ता हुने एक दिनअघि पुटिनले युक्रेनको स्वतन्त्रता र नाटोमा सामेल हुने आकांक्षासँग रूस  सहमत हुन नसक्ने स्पष्ट पारेका हुन् ।  

पुटिनले कीभसँगको जारी युद्ध युक्रेनको सार्वभौमिक अस्तित्व र त्यसले रूसको सुरक्षामा पार्ने खतरा रहेको उल्लेख गरेका छन् । नाटोको विस्तारप्रति पनि उनको गम्भीर चिन्ता थियो ।  

उनले भनेका छन्, युक्रेन स्वतन्त्र राष्ट्रको रूपमा रहन चाहनु र रूसी प्रभावबाट बाहिर जानु नै रूसको सुरक्षा र भू(राजनीतिक हितहरू विरुद्ध छ। यही कारणले गर्दा रूसले बारम्बार युक्रेनमाथि प्रभाव जमाउन खोजेको हो।

प्रकाशित: २८ वैशाख २०८२ १९:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App