३ जेष्ठ २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युद्ध विरामपछि भारतीय विदेशमन्त्रीले भने: आतङ्कविरुद्ध भारतको नीति यथावत्

भारतीय विदेशमन्त्री एस. जयशंकरले शनिबार भारत र पाकिस्तानबीच सबै सैन्य गतिविधि रोक्ने समझदारी बनेको बताएका छन्।

अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौतापछि बोल्दै उनले भारतको आतङ्कविरुद्धको नीति कुनै पनि हालतमा नछोडिने स्पष्ट पारे।

जयशंकरले एक्स (ट्वीटर) मा लेखेका छन्, ‘‘भारत र पाकिस्तानबीच आज गोलीबारी र सैन्य कारबाही रोक्ने समझदारी बनेको छ। भारतले जहिलेदेखि पनि आतङ्कका सबै स्वरूप र गतिविधिविरुद्ध कठोर र अडिग नीति अवलम्बन गर्दै आएको छ। यो नीति भविष्यमा पनि यथावत् रहनेछ।’’

यो युद्धविराम अप्रिल २२ मा जम्मु–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत–पाकिस्तानबीच चुलिएको तनावलाई कम गर्ने महत्वपूर्ण कदम मानिएको छ।

सरकारी स्रोतका अनुसार, युद्धविरामको सहमति दुवै देशका डाइरेक्टर जनरल अफ मिलिटरी अपरेशन्सबीच प्रत्यक्ष संवादमार्फत भएको हो।

प्रकाशित: २७ वैशाख २०८२ १८:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App