२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानले भारतमाथि गर्‍यो ड्रोन आक्रमण, जम्मु क्षेत्रमा ब्ल्याकआउट

<br>

पाकिस्तानले जम्मूमाथि ड्रोन आक्रमण गरेको भारतीय सुरक्षा स्रोतले जनाएको छ।

राति ८ बजे गरिएको आक्रमणमा जम्मुको विमानस्थललाई मुख्य लक्ष्य बनाइएको थियो। भारतीय वायु सुरक्षाले रूसबाट प्राप्त एस-४०० मिसाइल प्रणाली प्रयोग गरी सबै ड्रोनलाई झारेको जनाएको छ।

आक्रमण सुरु भएपछि जम्मु क्षेत्रमा ब्ल्याकआउट गराइएको छ। पाकिस्तानतर्फबाट भारी मात्रमा गोला–बारुदसमेत प्रहार भएको छ भने आरएसपुरा सेक्टरमा ठूलो संख्यामा ड्रोन देखिएको र स्थानीयले विभिन्न ठाउँमा विस्फोटको आवाज सुनेको बताएका छन्।

राजस्थानको सीमावर्ती क्षेत्रसम्म ब्ल्याकआउट

पाकिस्तानी गतिविधि तीव्र भएपछि भारतको सीमावर्ती राज्यहरू – पंजाब, जम्मु–कश्मीर र राजस्थान उच्च सतर्कतामा राखिएका छन्।

राजस्थानका बाड़मेर, जैसलमेर, जोधपुर लगायतका सीमावर्ती जिल्लाहरूमा पनि विद्युत आपूर्ति बन्द (ब्ल्याकआउट) गरिएको छ। यसअघि पनि यी क्षेत्रमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म ब्ल्याकआउट गर्ने आदेश दिइएको थियो।

प्रकाशित: २५ वैशाख २०८२ २१:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App