२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आइपीएल: धर्मशालाको आइतबारको खेल अहमदाबाद सारियो, आजको यथावत

भारतको हिमाली शहर धर्मशालामा आइतबारका लागि तय गरिएको आइपीएल खेल अब पश्चिम भारतको अहमदाबादमा हुने भएको छ।

पञ्जाब किंग्स र मुम्बई इन्डियन्सबीचको खेल अब आइतबार दिउँसो अहमदाबादमा हुनेछ। गुजरात क्रिकेट संघका सचिव अनिल पटेलले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिँदै धर्मशाला विमानस्थल बन्द भएको कारण खेल सारिएको बताए।

हाल भारतमा सुरक्षा कारणले १० मेसम्म २० भन्दा बढी विमानस्थल बन्द गरिएका छन्। जसमा धर्मशालाको विमानस्थल पनि पर्छ।

यता, आज पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच हुने खेल भने पूर्वनिर्धारित स्थान धर्मशालामै आयोजना हुने भएको छ। दुवै टोली केही दिनअघि नै धर्मशाला पुगेर अभ्यास गरिरहेका छन्। स्थानीय प्रशासनले खेल शान्तिपूर्वक सञ्चालन हुने जनाएको छ।

प्रकाशित: २५ वैशाख २०८२ १७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App