१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतसँगको तनावबिच पाकिस्तानी प्रधानमन्त्रीले गरे टर्कीका राष्ट्रपतिसँग कुरा

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग कुरा गरेको बताएका छन्। उनले भारतले गरेको आक्रमणमा मारिएकाहरूका लागि टर्किएले गरेको प्रार्थनाको कदर गर्ने बताए।

शाहबाज शरीफले ट्विटरमा लेखेका छन्, 'यस महत्वपूर्ण समयमा पाकिस्तानलाई टर्कीको ऐक्यबद्धता र समर्थनको लागि उहाँ (एर्डोगन)लाई धन्यवाद।'

पाकिस्तानी प्रधानमन्त्रीले लेखे, 'हामी हाम्रो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको कुनै पनि हालतमा रक्षा गर्नेछौं। दक्षिण एसियामा तनाव कम गर्न र शान्ति कायम गर्न टर्किएले गरेको प्रयासको लागि पाकिस्तान आभारी छ।'

मे ७ मा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भारतको हवाई आक्रमणपछि टर्कीको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेको थियो।

भारत र पाकिस्तान बिचको जारी अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उसले भन्यो, 'हामी कुनै पनि उत्तेजक कार्य र नागरिक र नागरिक भवनहरूमाथि आक्रमणको निन्दा गर्छौं। हामी आशा गर्छौं कि तनाव कम गर्न सकेसम्म चाँडो कदम चालिनेछ।'

विज्ञप्तिमा दुवै पक्षलाई एकपक्षीय कारबाहीबाट बच्न अपील गरिएको छ र टर्कीले पहलगाम आक्रमणको अनुसन्धानको लागि पाकिस्तानको मागलाई समर्थन गर्ने पनि भनिएको छ।

प्रकाशित: २५ वैशाख २०८२ १२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App