१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले आज 'ठूलो व्यापार सम्झौता' घोषणा गर्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज 'ठूलो व्यापार सम्झौता' घोषणा गर्ने बताएका छन्।

उनले आज (बिहीबार) एक 'महान र धेरै सम्मानित देश'सँग 'ठूलो व्यापार सम्झौता' घोषणा हिजो (बुधबार) गरेका हुन्।

आफ्नो सामाजिक प्लेटफर्म ट्रुथमा एक पोस्ट लेख्दै ट्रम्पले बिहान १० बजे ह्वाइट हाउसको पत्रकार सम्मेलनमा सम्झौताको घोषणा गर्ने बताएका हुन्।

उनले लेखेका छन्, 'भोलि बिहान १० बजे ओभल अफिसमा एउटा ठूलो पत्रकार सम्मेलन हुने छ जहाँ एउटा ठूलो र धेरै सम्मानित देशका प्रतिनिधिहरूसँग एउटा प्रमुख व्यापार सम्झौताको बारेमा छलफल गरिने छ। यो धेरै (सम्झौताहरू) मध्ये पहिलो हो!'

ट्रम्पले कुनै विस्तृत जानकारी दिएका छैनन् र उनको पोस्टबाट उनी कुन देशको बारेमा कुरा गरिरहेका छन् भन्ने कुरा पनि स्पष्ट छैन। ह्वाइट हाउसले ट्रम्पको यो पोस्टको स्क्रिनसट ट्विटरमा पनि सेयर गरेको छ। एजेन्सी

प्रकाशित: २५ वैशाख २०८२ ०९:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App