१ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको दुई सय ४४ सहरमा ब्ल्याकआउट अभ्यास

भारतले युद्ध वा आतङ्ककारी आक्रमणजस्ता आपतकालीन परिस्थितिमा नागरिकको सुरक्षाका लागि देशका दुई सय ४४ सहरमा ‘ब्ल्याकआउट मोक ड्रिल’ अभ्यास गरेको छ।

गृह मन्त्रालयको निर्देशनमा देशका २५ राज्य र केन्द्र शासित प्रदेशमा रहेका सिभिल डिफेन्स जिल्लाहरूमा बुधबार राति यो अभ्यास गरिएको हो।

मन्त्रालयले यी जिल्लाहरूलाई संवेदनशीलताका आधारमा तीन श्रेणीमा वर्गीकरण गरेको छ। पहिलो श्रेणीलाई अति संवेदनशील र तेस्रो श्रेणीलाई कम संवेदनशील मानिएको छ।

अभ्यासअन्तर्गत सहरहरूमा पूर्ण रूपमा बत्ती निभाइएको थियो। नागरिक, कर्मचारी, विद्यार्थी लगायतलाई आपतकालीन उद्धार, सुरक्षित स्थानमा कसरी जान सकिन्छ भन्ने प्रशिक्षण दिइएको थियो।

यसअघि, भारतले मङ्गलबार राति पाकिस्तान र पाकिस्तान अधिनस्त कश्मीरमा रहेका ९ आतङ्ककारी आधारशिविरमा हमला गरेको थियो। यो कारबाही जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्ककारी आक्रमणको १५ दिनपछि गरिएको हो।

गृह मन्त्रालयले मे ५ मा सबै राज्यहरूलाई मोक ड्रिल गराउने निर्देशन जारी गरेको थियो। ब्ल्याकआउट अभ्यासका क्रममा केही स्थानहरूका तस्वीरहरू सार्वजनिक भएका छन्। जसमा अन्धकारमा गरिएका तालिम, उद्धार अभ्यास र मानिसको सुरक्षा सम्बन्धी कार्यहरू देखिन्छन्।

प्रकाशित: २४ वैशाख २०८२ २०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App