१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानको आरोपः राजनीतिक उद्देश्य पूरा गर्न निर्दोष नागरिकमाथि भारतको हमला

आफ्नो भूमिमा भारतीय सैन्य आक्रमणपछि पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति(एनएससी)को बैठक बसेको छ। प्रधानमन्त्री शहबाज सरिफको अध्यक्षतामा बसेको बैठकले आतंकवादी शिविरमा आक्रमण गरेको भन्ने भारतीय दाबीलाई खारेज गरेको छ।  

‘भारतले गरिरहेको दाबीको कुनै प्रमाण छैन,’ पाकिस्तानले भनेको छ,‘प्रमाणबिनै आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न निर्दोष नागरिकमाथि हमला गरिएको छ।’  

बैठकले पहलगाम आक्रमणमा पाकिस्तानको हात रहेको भन्ने भारतको दाबीलाई पनि निराधार रहेको टिप्पणी गरेको छ।  

‘यो पनि ज्ञात रहेको कुरा हो, २२ अप्रिल २०२५ को घटना लगत्तै पाकिस्तानले एक विश्वसनीय, पारदर्शी र तटस्थ जाँच गर्न वास्तविक प्रस्ताव राखेको थियो। दुर्भाग्य त्यो स्वीकार गरिएन,’ पाकिस्तानले भनेको छ।  

पाकिस्तानद्वारा जारी वक्तव्यमा ६ मे(मंगलबार) मात्रै भारतले आतंकवादी शिविर भनेर दाबा गरिएको ठाउँमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भ्रमण गरेको पनि दाबी गरेको छ। यस्तै सञ्चारमाध्यमको भ्रमण बुधबार(आज) पनि तय भएको भनिएको छ।  

प्रकाशित: २४ वैशाख २०८२ १७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App