१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले दिए विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्ने आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल्काट्राज जेल पुन: खोल्ने र विस्तार गर्ने घोषणा गरेका छन्।

'धेरै लामो समयदेखि, अमेरिका क्रूर, हिंसात्मक र बारम्बार अपराधीहरूले ग्रस्त छ,' ट्रम्पले आइतबार आफ्नो ट्रुथआउट सामाजिक साइटमा लेखे।

ट्रम्पले न्याय विभाग, एफबीआई र होमल्याण्ड सेक्युरिटीसँगै कारागार ब्यूरोलाई यी जेलहरू पुनः खोल्न निर्देशन दिएका छन्। उनले 'अमेरिकाको सबैभन्दा क्रूर र हिंस्रक अपराधीहरू' को लागि अल्काट्राज जेल खोल्ने आदेश दिइरहेको बताए।

अल्काट्राजको पुन: उद्घाटन 'कानुन, व्यवस्था र न्यायको प्रतीक' हुने उनको भनाइ छ।

अल्काट्राज जेल एउटा टापुमा अवस्थित छ। यसलाई संसारको सबैभन्दा खतरनाक जेल मानिन्छ। यो जललाई जुन १९६३ मा बन्द गरिएको थियो।

अल्काट्राज टापु हाल पर्यटकीय गन्तव्यको रूपमा सञ्चालनमा छ। यो सान फ्रान्सिस्कोको गोल्डेन गेट ब्रिज नजिकै अवस्थित छ। एजेन्सी

प्रकाशित: २३ वैशाख २०८२ ०८:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App