१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत-पाकिस्तान तनावबारे संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बस्दै

पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको छ। यो बढ्दो तनावको बारेमा छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आज मे ५ मा बैठक बस्दै छ।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार सुरक्षा परिषद्ले पाकिस्तान र भारतबीचको वर्तमान अवस्थाबारे 'बन्द कोठा' मा छलफल गर्ने छ।

संयुक्त राष्ट्र सुरक्षा परिषदमा हुने बन्द ढोकाको छलफल सार्वजनिक गरिँदैन।

आइतबार पाकिस्तानको विदेश कार्यालयले पहलगाम आक्रमणपछि यस क्षेत्रमा भएका पछिल्ला घटनाक्रमहरूको बारेमा संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई जानकारी गराउने निर्णय गरेको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, 'पाकिस्तानका विदेशमन्त्री इशाक दारले संयुक्त राष्ट्र संघका लागि पाकिस्तानका स्थायी प्रतिनिधि राजदूत असीम इफ्तिखारलाई सुरक्षा परिषद्को बैठक बोलाउन निर्देशन दिएका छन्।'

अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा आतंककारीहरूले २६ जनाको हत्या गरेका थिए। यो जुन २०१९ मा पुलवामा आक्रमणपछि उपत्यकामा भएको सबैभन्दा घातक आक्रमण थियो। बीबीसी

प्रकाशित: २२ वैशाख २०८२ ०९:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App