क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले क्यानडा अमेरिकाबाट सम्मानको योग्य रहेको र क्यानडा-अमेरिकाबीच व्यापार वा सुरक्षा सम्झौता भएमा त्यो केवल आफ्नै सर्तमा हुने बताएका छन्।
चुनावमा पार्टीको जितपछि बीबीसीलाई दिएको अन्तर्वार्तामा कार्नीले क्यानडा कहिल्यै अमेरिकाको ५१औँ राज्य नबन्ने बताए। जनवरीमा कार्नीले क्यानडाको अन्तरिम प्रधानमन्त्रीको पद सम्हालेपछि उनको र डोनाल्ड ट्रम्पबिच करको विषयमा विवाद चलिरहेको छ।
कार्नीले क्यानडाको स्वतन्त्रता र सार्वभौमिकताबारे गम्भीर वार्ता नभएसम्म अमेरिका नजाने बताउँदै आएका छन्। उनले युरोपेली संघ र बेलायतसँग राम्रो व्यापार सम्बन्ध स्थापित गर्न सके र अमेरिकासँग पनि सम्झौता भएमा क्यानडाले ठूलो फाइदा लिन सक्ने बताए।
कार्नीले भने, ‘हामीजस्तै सोच्ने देशहरूसँग राम्रो साझेदारी गर्न सक्छौँ। रक्षा साझेदारीको कुरा सोच्नुहोस्। यी विषयमा वार्ता भर्खरै सुरु भएको छ, र यस दिशामा धेरै गर्न सकिन्छ।’ बीबीसी
प्रकाशित: १७ वैशाख २०८२ ०९:४३ बुधबार





