जम्मू कश्मीरको बान्दीपोरामा शुक्रबार आतंककारी र सुरक्षा बलबीच मुठभेड भएको खबर आएको छ।
भारतीय सेनाको चिनार कोर्प्सले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा रहेको आफ्नो खाताबाट यस मुठभेडको बारेमा जानकारी दिएको छ।
पोस्टमा भनिएको छ, 'आतंककारीहरूको उपस्थितिको बारेमा विशेष गुप्तचरको आधारमा भारतीय सेना र जम्मू कश्मीर प्रहरीले बन्दीपोराको कोल्नेर अजस क्षेत्रमा संयुक्त खोजी अभियान सुरु गर्यो।'
सेनाका अनुसार अतिवादीहरूसँगको मुठभेड अझै जारी छ।
यसअघि बिहीबार उधमपुरमा सुरक्षाबल र आतंककारीहरूबीच भएको भिडन्तमा एक सैनिकको मृत्यु भएको थियो।
मंगलबार जम्मू कश्मीरको पहलगाममा आतंकवादी हमला भएको छ। यस आक्रमणमा २६ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्। एजेन्सी
प्रकाशित: १२ वैशाख २०८२ ११:०८ शुक्रबार





