२१ पुस २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

डुङ्गामा आगलागी हुँदा कङ्गोमा १४३ जनाको मृत्यु

डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १४३ जनाको मृत्यु भएको छ भने धेरैजना बेपत्ता छन्। यो दुर्घटना इक्वेटोर प्रान्तको राजधानी म्बान्डाका नजिकै, कङ्गो नदीको सङ्गमस्थलमा भएको हो।  

स्थानीय नागरिक समाजका नेता जोसेफ लोकोन्डोले केहीको मृत्यु आगोमा जलेर र केहीको डुबेर भएको बताए। उनले मृतक संख्या १४५ पुगेको अनुमान गरेका छन्। डुङ्गामा खाना पकाउने क्रममा लागेको आगो इन्धनमा फैलिँदा विस्फोट भएको र आगलागी भएको जनाइएको छ।  

सामाजिक सञ्जालमा देखिएका भिडियोमा डुङ्गाबाट आगो सल्किएको र धुवाँ निस्किएको देखिन्छ। डुङ्गा किनाराबाट टाढा फसेको अवस्थामा छ। घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ। धेरै परिवार आफ्ना आफन्तको अवस्थाबारे अनविज्ञ छन्,’ लोकोन्डोले भने।  

स्थानीय अधिकारीले प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै उद्धार र राहत कार्य तीव्र बनाएका छन्। एएफपी

प्रकाशित: ६ वैशाख २०८२ १६:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App