९ पुस २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा दर्ताबिना ३० दिन बढी बस्नु अपराध, जेल र देश निकालासम्मको सजाय

अमेरिकामा ३० दिनभन्दा बढी समय बसोबास गर्ने विदेशी नागरिकले विदेशी दर्ता ऐनअन्तर्गत अनिवार्य दर्ता गर्नुपर्ने भएको छ। दर्ता नगरे जरिवाना, जेल सजाय वा दुवै हुन सक्ने चेतावनी दिइएको छ।

प्रेस सचिव क्यारोलिन लाभेटले शुक्रबार भनिन्, ‘आज अप्रिल ११ दर्ताको अन्तिम मिति हो। ३० दिनभन्दा बढी समयदेखि अमेरिकामा रहेका सबै विदेशीले संघीय सरकारमा दर्ता गर्नुपर्छ। यो पालना नगर्नु अपराध हो, जसको सजाय जरिवाना, जेल वा दुवै हुन सक्छ।’

उनले राष्ट्रपति ट्रम्प र गृह सुरक्षा सचिव क्रिस्टी नोएमको भनाइ उद्धृत गर्दै थपिन्, ‘दर्ता नगर्ने विदेशी पक्राउ पर्नेछन्, जरिवाना तिर्नुपर्नेछ, देश निकाला गरिनेछ र कहिल्यै अमेरिका फर्कन पाउने छैनन्।’

गृह सुरक्षा विभागको अप्रिल ११ को प्रेस विज्ञप्तिअनुसार ३० दिन वा सोभन्दा बढी समयदेखि दर्ताबिना अमेरिकामा रहेका विदेशीले तुरुन्तै दर्ता गर्नुपर्नेछ। 

अप्रिल ११ पछि अमेरिका आउने विदेशीले आगमनको ३० दिनभित्र दर्ता गर्नुपर्ने नियम छ। सचिव नोएमले भनेकी छन्, ‘राष्ट्रपति ट्रम्प र मेरो सन्देश स्पष्ट छ: गैरकानूनी रूपमा अमेरिका बस्नेले तुरुन्त देश छोड्नुपर्छ।’ 

प्रकाशित: ३० चैत्र २०८१ १०:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App