११ वैशाख २०८२ बिहीबार
image/svg+xml १६:३४ अपराह्न
अन्तर्राष्ट्रिय

नेतन्याहू र ट्रम्पबिच भेट : अमेरिकी करबाट मुक्त गराउन अनुरोध

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सोमबार ह्वाइट हाउसमा भेटवार्ता गरेका छन्। उनी विश्वलाई तरङ्गित पारेको अमेरिकी करबाट मुक्त हुन व्यक्तिगत रूपमा अनुरोध गर्ने पहिलो विदेशी नेता बनेका छन्।

गत जनवरीमा अमेरिकी राष्ट्रपति ट्रम्प सत्तामा फर्केपछि दोस्रो पटक ट्रम्पसँग भेटवार्ता गरेका नेतान्याहुले इरान र गाजाविरूद्धको अभियानका लागि पनि थप सहयोग खोज्ने अनुमान गरिएको छ। उनीहरूबीचको छलफलबारे तत्काल केही कुरा सार्वजनिक भने हुन बाँकी छ। इजिप्ट, कतारलगायत अमेरिकाको मध्यस्थतामा भएको गाजा युद्धविराम अवरूद्ध भएको अवस्थामा उनीहरूबीच भेटवार्ता भएको हो।

फ्लोरिडामा गल्फ खेलसकेर फर्कने क्रममा आइतबार एयर फोर्स वानमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भने, 'हामी व्यापारको बारेमा स्पष्ट कुरा गर्न गइरहेका छौँ।'

'मध्यपूर्वमा अहिले धेरै कुरा भइरहेका छन्, जसलाई शान्त बनाउनुपर्छ,' उनले भने। 

नेतन्याहूले आइतबार राति अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिक र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरसँग भेटवार्ता गरेका छन्।

इजरायली प्रधानमन्त्रीले सोमबार ट्रम्पका मध्यपूर्वका विशेष दूत स्टिभ विटकोफसँग पनि भेटवार्ता गरेका थिए।

हङ्गेरीको भ्रमणबाट सिधै वासिङ्टन आइपुगेका नेतन्याहूको मुख्य उद्देश्य ट्रम्पलाई यो निर्णय उल्ट्याउन वा इजरायली आयातमा लगाइने १७ प्रतिशत करलाई कम गर्न राजी गराउने प्रयास गर्नु रहेको छ।

बुडापेस्ट छोड्नुअघि नेतन्याहूले आफ्नो वार्तामा ‘इजरायलमाथि लगाइएको कर प्रणाली’ लगायत विभिन्न विषयमा छलफल हुने बताएका थिए। 'म पहिलो विदेशी नेता हुँ जसले राष्ट्रपति ट्रम्पसँग अमेरिकी करनीति र इजरायलको अर्थतन्त्रका विषयमा भेट्नेछु,' उनले भने।

'मलाई विश्वास छ यसले विशेष व्यक्तिगत सम्बन्ध र संयुक्त राज्य अमेरिका र इजरायलबीचको अद्वितीय बन्धनलाई प्रतिविम्बित गर्दछ र यो यति बेला धेरै महत्त्वपूर्ण छ,' नेतन्याहू र ट्रम्पबीच बिहीबार पनि फोनमा कुराकानी भएको थियो। एजेन्सी

प्रकाशित: २६ चैत्र २०८१ ०८:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App