३१ चैत्र २०८१ आइतबार
image/svg+xml २:३७ पूर्वाह्न
अन्तर्राष्ट्रिय

पपुवा न्यु गिनीमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

पपुवा न्यु गिनीको न्यु ब्रिटेन क्षेत्रको तटमा स्थानीय समय अनुसार शनिबार बिहान ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। युरोपेली–भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्र (ईएमएससी) ले यसबारे जानकारी दिएको हो। 

यो भूकम्प बिहान करिब ६ः०४ बजे गएको थियो। यसको केन्द्रबिन्दु किम्बे शहरबाट १९४ किलोमिटर पूर्वमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले उल्लेख गरेको छ।

ईएमएससीका अनुसार भूकम्पको गहिराइ ४९ किलोमिटर रहेको छ। अमेरिकी सुनामी चेतावनी केन्द्रले पपुवा न्यु गिनीको तटीय क्षेत्रमा सुनामी लहर आउन सक्ने चेतावनी जारी गरेको छ। साथै, छिमेकी सोलोमन टापुहरूका लागि ३ मिटरसम्मको साना लहरहरूको चेतावनी पनि जारी गरिएको छ।

हालसम्म क्षतिको विवरण प्राप्त भएको छैन। तर किम्बे जस्ता नजिकैका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। अधिकारीहरूले स्थिति नजिकबाट नियालिरहेको उल्लेख गर्दै थप जानकारी संकलन गरिरहेको जानकारी दिएका छन्। एजेन्सी

प्रकाशित: २३ चैत्र २०८१ ०७:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 100 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App