१७ चैत्र २०८१ आइतबार
image/svg+xml २३:४५ अपराह्न
अन्तर्राष्ट्रिय

भगवानको कृपाले रुसविरुद्ध अमेरिका दृढ रहोस्: युक्रेनी राष्ट्रपति जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको मागको सामना गर्दै अमेरिका दृढ भएर उभिने आशा व्यक्त गरेका छन्। रुसले ब्ल्याक सी (कालो सागर) मा युद्धविरामको सर्तको रूपमा आफूमाथि लगाइएका पश्चिमी प्रतिबन्धहरू हटाउन माग गरेपछि जेलेन्स्कीले यस्तो टिप्पणी गरेका हुन्।  

बुधबार पेरिसमा युरोपेली पत्रकारहरूसँगको प्यानल अन्तर्वार्तामा जेलेन्स्कीले यो सन्दर्भ उठाएका हुन्। बीबीसीले ‘के अमेरिकाले रुसी दबाबको प्रतिरोध गर्नेछ?’ भनेर सोधेपछि जवाफमा उनले भने, ‘मलाई आशा छ यो हुन्छ। भगवानको कृपाले, तिनीहरूले यो गर्छन्। तर हामी हेर्नेछौँ।’  

यसअघि मंगलबार अमेरिकाले रुस र युक्रेनका प्रतिनिधिमण्डलले साउदी अरेबियामा तीन दिनको छुट्टाछुट्टै वार्तापछि ब्ल्याक सीमा युद्धविराममा सहमति जनाएको दाबी गरेको थियो। 

तर, केही घण्टापछि रुसले विज्ञप्ति जारी गर्दै सर्तहरूको सूची प्रस्तुत गर्‍यो। रुसले उक्त सागरमा व्यावसायिक जहाजहरूको सुरक्षित मार्गका लागि समुद्री युद्धविराम आफूमाथि खाद्यान्न र मल व्यापारमा लगाइएका पश्चिमी प्रतिबन्धहरू हटेपछि मात्रै लागू हुने बताएको थियो।  

प्रकाशित: १४ चैत्र २०८१ ११:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App