१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्यानडाको दुग्धजन्य पदार्थ र काठमा पारस्परिक कर लगाउने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको दुग्धजन्य पदार्थ र काठ उत्पादनहरूमा पारस्परिक कर लगाउने चेतावनी दिएका छन्। 

ट्रम्पले ओभल अफिसको सम्बोधनमा उक्त चेतावनी दिएका हुन्। क्यानडाले काठ र दुग्धजन्य पदार्थहरूमा वर्षौंदेखि २५० प्रतिशत कर लगाएर अमेरिकालाई ठगेको ट्रम्पको आरोप छ।

फेब्रुअरी १ मा ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात गरिएका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। जसमा क्यानाडाली ऊर्जा उत्पादनहरूमा १० प्रतिशत कर वृद्धि गरिएको थियो। 

फेब्रुअरी ३ मा ट्रम्पले दुवै देशहरूमा कर लागू गर्न ३० दिनको ढिलाइ र वार्ता जारी राख्ने घोषणा गरे। यस निर्णयअनुसार सम्बन्धित कर उपायहरू मार्च ४ मा लागू भएका छन्। सिन्ह्वा 

प्रकाशित: २५ फाल्गुन २०८१ ०८:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App