८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

महाराष्ट्र रेल घटना: मृतक १३ मध्ये चार नेपाली

भारतको महाराष्ट्रको जलगाउँमा बुधबार साँझ भएको रेल दुर्घटनामा मृत्यु हुने १३ मध्ये चार जना नेपाली रहेको पुष्टि भएको छ । महाराष्ट्र सरकारका अनुसार, दुई पुरुष र दुई महिलाको मृत्यु भएको हो । दुर्घटनामा अन्य चार नेपाली घाइते भएका छन् ।  

दुर्घटनामा ११ वर्षीय नन्दराम विश्वकर्मा, ६० वर्षीया जयकला भाटे जयकडी, ४० वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला नबीन भण्डारीको मृत्यु भएको महाराष्ट्र सरकारले जनाएको छ । नन्दरामको कोशी प्रदेश र जयकलाको अछाम कमलबजार ठेगाना उल्लेख भएपनि अन्यको खुल्न सकेको छैन ।

अछाम मंगलसेनका ३८ वर्षीया हिउँजला साउँद र ८ वर्षका धर्मबहादुर साउँद, दैलेख दुल्लुका १८ वर्षीय दीपक थापा र २५ वर्षीया मन्जु परियार दुर्घटनामा घाईते भएका छन् । भारतीय अधिकारीका अनुसार, उनीहरुको अवस्था गम्भीर छ । मन्जुको जलगाउँमा रहेको गोदावारी अस्पतालमा उपचार भइरहेको छ भने अन्य तीन जनाको पछोरामा रहेको भिग्नहर्ता अस्पतालमा उपचार जारी छ । दुर्घटनामा घाइते भएका ४० मध्ये ६ जना भारतीयको अवस्था गम्भीर छ ।

पचोरा स्टेशन नजिकै महेजी र पर्धाडे बीचको पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएको थियो। यसै क्रममा केही यात्रुले चेन तानेका थिए। जस कारण ट्रेन रोकियो र भयभीत भएका यात्रुहरूले बाहिर हामफालेका थिए। यसैबीच अर्को ट्र्याकमा आउँदै गरेको कर्नाटक एक्सप्रेसले धेरै यात्रुलाई कुल्चेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

 

प्रकाशित: १० माघ २०८१ १६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App