१० माघ २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लस एन्जलसमा फेरि आगलागीले लियो उग्र रूप, ३१ हजार मानिसलाई घर छाड्न आदेश

लस एन्जलसको तटीय क्षेत्रमा लागेको आगलागीबाट अमेरिका अझै बाहिर निस्किन सकेको थिएन। यही समयमा फेरि एक पटक लस एन्जलसमा आगलागी भएको खबर आएको छ।

यस पटक यो आगो लस एन्जलसको उत्तरी क्षेत्रमा लागेको बताइएको छ। लस एन्जलसको उत्तरमा बुधबार नयाँ जंगलमा लागेको आगो व्यापक रूपमा फैलियो र हजारौं मानिसहरूलाई आफ्नो घरहरू खाली गर्न बाध्य बनाएको छ।

आगलागी कैस्टिक ताल नजिकैको पहाडहरूमा फैलिएको थियो। यो केही घण्टामै द्रुत रूपमा फैलियो र धेरै क्षेत्रहरूलाई ढाकेको छ। ३ हजार २०० हेक्टरभन्दा धेरै जमिनमा फैलिएको आगो तीव्र गतिमा बढिरहेको छ। जसलाई ध्यानमा राख्दै ताल वरपरका ३१ हजार मानिसहरूलाई घर खाली गर्न आदेश दिइएको छ।

आपतकालीन अलर्ट।

आगोको ज्वाला बढ्दै गएपछि यस क्षेत्रमा बसोबास गर्ने मानिसहरू हतारमा घर छाड्न बाध्य भएका छन्। आगलागी फैलिन सक्ने भन्दै प्रशासनले घर खाली गर्न आपतकालीन अलर्ट जारी गरेको छ। लस एन्जलस काउन्टी शेरिफ विभागका रोबर्ट जेन्सेनले ह्युजेस फायर भनिने नयाँ आगोबाट प्रभावित क्षेत्रका सबैलाई तुरुन्तै खाली हुन आग्रह गरेका छन्।

केही दिनअघि मात्र लस एन्जलसको जंगलमा लागेको आगो केही बेरमै आवासीय क्षेत्रमा पुगेको थियो। त्यो आगलागीले लस एन्जलसको ठूलो भागमा ठूलो क्षति पुर्याएको थियो। उक्त आगलागीमा २४ जनाभन्दा बढीको मृत्यु भएको थियो भने अर्बौंको नोक्सानी भएको थियो। एजेन्सी

प्रकाशित: १० माघ २०८१ १०:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App