१० माघ २०८१ बिहीबार
image/svg+xml
अर्थ

महानगर यातायातले थप्यो ४० नयाँ बस, पब्लिक लिमिटेडमा जाँदै

महानगर यातायात प्रालिले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी थानकोट-धुलिखेल सेवा सुरु गरेको हो।

काठमाडौंको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरु आज (बिहीबार) देखि सञ्चालनमा ल्याएको हो। नयाँ बसहरु थपिएसँगै महानगर यातायातका बस संख्या ८९ पुगेको प्रालिले जनाएको छ।

सिप्रदी ट्रेडिङ्ग प्रालिले सोही कार्यक्रममा बसहरुको चाबी महानगर यातायात प्रालिलाई हस्तान्तरण गरेको हो। नयाँ बसहरु सञ्चालनमा आएसँगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तव्य र रुटहरुमा पनि सेवा बिस्तार गरेको महानगर यातायात प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए।

आजदेखि नै महानगर यातायातले काठमाडौंको चन्द्रागिरी, गोदाम र थानकोटदेखि काभ्रेपलाञ्चाकको बनेपा हुँदै धुलीखेलसम्मका रुटमा यात्रुहरुलाई सेवा प्रदान गर्न सुरु गरेको उनले बताए।

साथै महानगर यातायात प्रालिले आफूलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने निर्णय गरेको पनि जानकारी दिए।

उनले महानगरपालिकाले छिटै नै १० वटा विद्युतीय बसहरु समेत सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको जानकारी दिए। एक वर्षभित्रै ५० वटा विद्युतीय बसहरु सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ थियो।

प्रकाशित: १० माघ २०८१ १५:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App