१० माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

मातृभूमि जागरण अभियान सशक्त वैकल्पिक राजनीतिक शक्ति बन्नेछ : रावल

नेता डा. भीम रावलले मातृभूमि जागरण अभियान सशक्त वैकल्पिक राजनीतिक शक्तिका रूपमा अगाडि आउने बताएका छन्।

अभियानका क्रममा बिहीबार दैलेख पुगेका रावलले भने, 'हामी जनतालाई स्पष्ट विकल्प दिन चाहन्छौँ। मातृभूमि जागरण अभियान एउटा वैकल्पिक राजनीतिक शक्तिका रूपमा अगाडि आउनेछ। अहिले त यसले पार्टीको स्वरूप धारण गरिसकेको छैन। तर, यो पछि दह्रो विकल्प बनेर आउँछ। जहाँ तपाईंहरू पनि सम्बद्ध हुनुहुनेछ।'

रावलले जनताले चुनावमा विकल्प नै नपाउने अवस्था रहेको बताए। त्यसका कारण उनीहरू पुरानै दलहरूलाई मत दिन बाध्य भइरहेको उल्लेख गर्दै उनले भने, 'हामी जनतालाई सु-स्पष्ट विकल्प दिन चाहन्छौँ। जहाँबाट जनताले त्यहीँ समाहित भएर अगाडि बढ्ने आँट गरून्।'

उनले विद्यमान दलहरूलाई कोदो, मकै, भटमास, धान, मासलगायत सबै एकै ठाउँ भएको 'दाल'को संज्ञा दिए। 'त्यो दाल भनिदिन्छन्। अनि त्यो कसरी दाल भयो ?,' रावलले सोधे, 'उनीहरूले अहिले जनतालाई ढाँट्ने र छल्ने काम गरिरहेका छन्।'

प्रकाशित: १० माघ २०८१ १५:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App