२८ पुस २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्यालिफोर्नियामा झन् तीव्र गतिमा फैलिँदै आगो : १६ जनाको मृत्यु, धेरै मानिस बेपत्ता भएको आशंका

अमेरिकाको क्यालिफोर्निया राज्यमा विगत ६ दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। जसका कारण हालसम्म १६ जनाको मृत्यु भइसकेको छ। धेरै मानिस बेपत्ता भएको आशंका गरिएको छ।

हावाको गति बढेसँगै आगलागी बढेको छ। हाल यो ८० किलोमिटर/घण्टाको गतिमा चलिरहेको छ, जुन आगामी १२ घण्टामा अझै बढ्न सक्ने बताइएको छ। अमेरिकालाई आगो निभाउन मद्दत गर्न मेक्सिकोबाट अग्निनियन्त्रकहरू आइपुगेका छन्।

आगलागीको संकटका बीच क्यालिफोर्नियाको सान्ता मोनिका शहरमा लुटपाटको घटनाहरू पनि भएका छन्। प्रशासनले कर्फ्यु घोषणा गरेको छ। यसै क्रममा २० जनालाई पक्राउ गरिएको छ।

रोयटर्सका अनुसार लस एन्जलसमा आगलागीका कारण हालसम्म करिब १३५ अर्ब डलर क्षति भएको अनुमान गरिएको छ। यहाँ आगो केही हदसम्म नियन्त्रणमा आएको छ।

लस एन्जलस वाटर डिपार्टमेन्टले एक विज्ञप्ति जारी गर्दै क्यालिफोर्नियाका सबै पानी हाइड्रेन्टहरू आगो लाग्नु अघि पूर्ण रूपमा सञ्चालनमा रहेको बताएको छ। आगो निभाउन पानीको उच्च माग भएकाले प्रणालीमा दबाब बढेको र पानीको सतह घटैको उल्लेख गरेको छ।

यसै क्रममा २० प्रतिशत हाइड्रेन्टमा असर परेको र त्यसमा सुखाको अवस्था सिर्जना भएको छ। वास्तवमा, क्यालिफोर्नियाका धेरै ठाउँहरूमा पानीको हाइड्रेन्टहरू सुकेका छन्। एनवाईटीका अनुसार राज्यका गभर्नर गेभिन न्युसमले शुक्रबार पानीको हाइड्रेन्टमा कसरी यति चाँडो पानी सकियो भनेर अनुसन्धान गर्न आदेश दिएका छन्। एजेन्सी

प्रकाशित: २८ पुस २०८१ ०९:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App