नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको एक मात्र खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर जनकपुरलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।
जारी प्रतियोगितामा आफ्नो दोस्रो खेल खेलिरहेको पोखरा पहिलो जितको तीव्र खोजीमा छ। उता तेस्रो खेल खेलिरहेको जनकपुर भने जित सङ्ख्या दोब्बर बनाउने लक्ष्यसहित मैदान उत्रिएको छ।
यसअघि आफ्नो पहिलो खेलमा पोखरा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो।
जनकपुरले भने प्रतियोगितामा मिश्रित सुरुवात गरेको छ। पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजय बेहोरेको जनकपुरले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गर्दै काठमाडौंलाई ८ विकेटले हराएको थियो।
प्रकाशित: १५ कार्तिक २०८३ १६:५२ आइतबार





