२७ पुस २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा हृदयघातका कारण आठ वर्षीया दुई स्कुले बालिकाको मृत्यु

तस्विरः आठ वर्षीया बालिका गार्गी राणपरा/ दैनिक भास्कर

भारत, गुजरात राज्यस्थित अहमदाबादको एक निजी विद्यालयमा आठ वर्षीया बालिका गार्गी राणपराको हृदयघातका कारण मृत्यु भएको छ। उनी बिहान करिब ८ बजे विद्यालय पुगेकी थिइन्। 

सिँढी चढ्दा उनलाई छाती दुखेको महसुस भयो। त्यसपछि उनी लबीको बेन्चमा बसिन् र केही सेकेन्डमै भुइँमा लडेकी थिइन्। विद्यालयका कर्मचारीले बालिकालाई अस्पताल पुर्याए, तर चिकित्सकले उनलाई मृत घोषणा गरे।

यसअघि पनि भारतकै कर्नाटकको सेन्ट फ्रान्सिस स्कुलकी आठ वर्षीया बालिका तेजस्विनी शिक्षकलाई उत्तर पुस्तिका देखाउन उठ्दा बेहोस भएर ज्यान गुमाएकी थिइन्। 

उनी पर्खालको सहारा लिएर भुइँमा लडेकी थिइन्। विद्यालयका कर्मचारीले तत्कालै उनलाई अस्पताल भर्ना गरेका थिए, तर चिकित्सकले उनलाई मृत घोषणा गरे। उनको मृत्युको कारण पनि कार्डियक अरेस्ट नै भएको दैनिक भास्करले लेखेको छ।

सामान्यतयाः हृदयघातको खतरा विशेष गरी वृद्ध उमेर समूह (६५ वर्षभन्दा माथि) र मध्यम उमेर समूह (४५ देखि ६५ वर्ष) मा बढी हुन्छ। तर पछिल्लो समय युवावस्थामा पनि हृदयघात हुने गरेको छ। यी दुई मृत्युको घटनाले पनि देखाउँछ कि कम उमेरका बालबालिकाहरूमा पनि यस्तो समस्या आउन सक्छ, जुन निकै दुर्लभ हो।

प्रकाशित: २७ पुस २०८१ ०८:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App