१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानमा इटालियन पत्रकार पक्राउ

इटालियन पत्रकार सेसिलिया सालालाई इरानमा पक्राउ गरिएको छ।

इटालीका विदेशमन्त्रीले सिसिलिया सालालाई आठ दिनअघि इरानको राजधानी तेहरानबाट हिरासतमा लिइएको पुष्टि गरेको हो।  

इटालियन पत्रिका इल फोग्लियोका अनुसार सालालाई इभिन जेलमा राखिएको छ। उनीमाथि लागेको आरोपको कतै पनि उल्लेख छैन।

यसै महिनाको सुरुमा पत्रकार भिसामा इरान पुगेकी सेसिलियाले ‘पितृसत्ता बारे कुराकानी’ शीर्षकको पोडकास्ट एपिसोड अपलोड गरेकी थिइन्।

बीबीसीका अनुसार इटालियन कूटनीतिज्ञहरूले उनलाई जेलमा भेटेर रिहाइ सुनिश्चित गर्न प्रयास गरिरहेका छन्।

प्रकाशित: १३ पुस २०८१ १३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App