इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लेबनानमा भएको पेजर विस्फोटको जिम्मा लिएका छन्।
बीबीसीका अनुसार आइतबार इजरायली ब्रोडकास्टिङ्ग कर्पोरेशनले हिजबुल्लाहका सदस्यहरूलाई लक्षित गर्दै उक्त पेजर विस्फोट इजरायलले गराएको नेतन्याहूले स्वीकारेको बताएको छ।
साथै इजरायली प्रधानमन्त्रीले डोनाल्ड ट्रम्प ईरानसँग इजरायललाई खतरा रहेको विषयमा पनि पूर्ण सहमत रहेको बताएका छन्।
हिजबुल्लाहका नेता हसन नसरल्लाहको मृत्युमा इजरायल जिम्मेवार रहेको पनि नेतन्याहूले स्वीकारेका छन्।
इजरायलले पहिलोपटक आधिकारिक रुपले दुबै आक्रमणको जिम्मेवारी लिएको छ।
इजराइली प्रधानमन्त्री नेतन्याहूले अमेरिकासँगको सम्बन्ध बलियो बनाउने विषयमा पछिल्लो समय ट्रम्पसँग तीनपटक फोनमा कुराकानी भएको पनि बताए।
प्रकाशित: २६ कार्तिक २०८१ १०:१९ सोमबार