२१ पुस २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चुनावमा पराजित भए पनि तत्काल सरकारबाट नबाहिरिने जापानी प्रधानमन्त्रीको भनाइ

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले मध्यावधि निर्वाचनमा आफ्नो गठबन्धनले अपेक्षित नतिजा नल्याएपनि सरकारको नेतृत्वमा रहिरहने बताएका छन्।

इशिबाले अक्टोबर १ मा पदभार ग्रहण गरेको केही दिनपछि अक्टुबर २७ का लागि निर्वाचनको घोषणा गरेका थिए।

सन् १९५५ देखि जापानमा शासन गरिरहेको उनको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का चुनाबमा निकै कमजोर नतिजा देखिएको छ।

एलडिपी नेतृत्वको गठबन्धनले बहुमत गुमाउने अनुमान गरिएसँगै इशिबाले ‘राजनीतिक शून्यता’ हुन नदिने बताउँदै सत्तामा रहिरहने प्रतिबद्धता जनाएका हुन्।

‘म जापान र जापानी जनताको रक्षा गर्दै आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु,’ इशिबाले पत्रकारसँग भने।

‘म पैसा र राजनीतिको विषयमा आधारभूत सुधार गर्नेछु,’ इशिबाले पत्रकारहरूसँग भने, ‘मतदाताहरूले पार्टीमाथि कठोर निर्णय दिएका छन्।’ रासस

प्रकाशित: १२ कार्तिक २०८१ १२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App