७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको २ राज्यमा चक्रवात 'दाना'को त्रासः १५ करोड नागरिक प्रभावित हुने अनुमान

भारतको पूर्वी तटमा कम्तिमा दाना चक्रवातका कारण करोडौँ मानिस प्रभावित हुने भएका छन्।

चक्रवात दानाले पश्चिम बङ्गाल र ओडिसा राज्यमा–लगभग १५ करोड मानिसहरूको आश्रय स्थललाई प्रभावित गर्ने सम्भावना रहेको भारतीय मौसम ब्यूरोले बताएको छ।

मौसम ब्यूरोले  हावाको गति १२० किलोमिटर प्रति घन्टाको गतीमा पुग्ने अनुमान गरेको छ। चक्रवातको समयमा प्रमुख एयरपोर्टहरू बन्द गरिएका छन् भने विद्यालयहरू पनि बन्द गरिएका छन्।

शुक्रबार बिहान धामरा बन्दरगाह नजिकै अवतरण गर्ने पूर्वानुमान गरिएको चक्रवातले छिमेकी बङ्गालादेशलाईसमेत असर गर्ने अनुमान गरिएको छ।

चक्रवातका कारण आएका छालहरूले तटीय क्षेत्रहरू डुबानमा पार्ने र पानी सामान्य ज्वारको स्तरभन्दा दुई मिटर माथि बढ्ने पूर्वानुमान गरिएको छ।

ओडिसा राज्यका स्वास्थ्य मन्त्री मुकेश महालिङले तटीय क्षेत्रहरूबाट करिब दस लाख मानिसहरूलाई चक्रवातबाट सुरक्षित स्थानहरूमा सारिएको बताएका छन्।

छिमेकी पश्चिम बङ्गाल राज्यका सरकारी मन्त्री बङ्किम चन्द्र हजाराले अहिलेसम्म एक लाख  भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको उनले बताए।

उनले जीवन बचाउन समुद्र तटका रिसोर्ट तथा व्यवसायहरू बन्द गर्न आदेश दिइएको तथा पर्यटकहरूलाई उक्त स्थान छोड्न आग्रह गरिएको पनि बताए।

कोलकाता विमानस्थलका निर्देशक प्रवत रञ्जन बेउरियाले पूर्वानुमान गरिएको भारी हावा  र वर्षा का कारण बिहीबार राति उडानहरू स्थगित गरिने बताए।

भुवनेश्वर सहरको विमानस्थलले पनि उक्त समयमा उडानहरु बन्द गर्ने जनाएको छ भने कयाँै रेलसेवाहरु स्थगित गरिएका छन्।

बङ्गलादेशका विपद् मन्त्री फारुक–ए–आजमले उद्धार अधिकारीहरू उच्च सतर्कताका साथ बसेको बताउँदै भारतमा पनि खराब आँधी आउने पूर्वानुमान गरिएकाले निकासी आदेश जारी नगरिएको बताए।

वैज्ञानिकहरूका अनुसार जीवाश्म ईन्धनहरू जलाइए उत्पन्न जलवायु परिवर्तनका कारण विश्व तातो हुँदै जाँदा चक्रवात तथा आँधीबेहरी अझै शक्तिशाली हुँदै गइरहेका छन्। रासस

प्रकाशित: ८ कार्तिक २०८१ १४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App