२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सादगीको अर्को नाम रतन टाटा, जो जीवनभर अविवाहित थिए

विश्वप्रसिद्ध व्यवसायी रतन टाटाको निधनसँगै उनीसँग जोडिएका अनेक किस्साहरु यतिबेला सञ्चारमाध्यममा प्रमुखताका साथ छापिएका छन्। पाकिस्तानको सिंगो जिडीपी बराबरको सम्पतीको मालिक टाटाको जीवन शैली भने अत्यन्तै साधारण थियो । उनमा धन र वैभवको कुनै दम्भ नभएको उनीसँग संगत गर्नेहरु बताउछन्। 

कुनै बेलाका प्रख्यात आर्थिक पत्रकार कूमी कपूरले आफ्नो पुस्तकमा लेखेका छन् भारतका अधिकांश अरबपतिको तुलनामा टाटाको जीवन शैली एकदमै सन्तुलित र सादगी मात्रै थिएन आफ्नो काम समेत उनी आफै गर्थे। 

कपुरसँगको वार्तालापमा रतनले भनेका थिए –  ‘विदेशमा पढ्दा कहिलेकाही घरबाट पठाएको पैसा सकिदा धेरैपटक मैले आफ्नो खर्च टार्न होटलमा भाडा समेत माझेको छु ।’ रतनको बाल्यकाल पनि त्यति सुखद हुन सकेन उनी १० वर्षको हुँदा बुबा आमाको सम्बन्धविच्छेद भएको थियो। त्यसपछि उनलाई हजुरआमा लेडी नवाजबाईले हुर्काएकी थिइन् । बाल्यकालदेखि नै दुःख र संघर्षलाई नजिकबाट देखेका रतनले जीवनभर कुनै तडकभडक प्रदर्शन गरेनन्। यतिसम्मकी उनको कार्यालयमा समेत कार्यालय सचिवको भिड हुदैन थियो किनकी कार्यालयका अधिकांस काम उनी आफै गर्थे ।  

उनको करियरको सुरुवात यस्तो छ

सन् १९६२ मा रतनले जमशेदपुरस्थित टाटा स्टीलबाट आम मजदुरको हैसियतमा आफ्नो करियर सुरु गरेका थिए । केही समयपछि उनी टाटा स्टीलको मेनेजरहुँदै प्रवन्ध निर्देशकको सहायक बनेका थिए । उनको कामप्रतिको लगाव र कडा मेहनत देखेर जेआरडी टाटाले उनलाई मुम्बइ बोलाएका थिए । जेआरडी टाटाले सुम्पिएका सबै काम रतनले उत्कृष्टताका साथ सम्पन्न गरेपछि सन् १९८१ मा उनी टाटा इण्डस्ट्रिजका प्रमुख बने । जतिबेला उनी कम्पनीका प्रमुख बनेका थिए त्यतिबेला इण्डस्ट्रिजको टर्नओवर ६० लाख मात्रै थियो ।  

जीवनभर अविवाहित

अध्ययनका क्रममा उनी अमेरिकामा रहदा उनको अमेरिकी युवतीसँग प्रेमसम्बन्ध रहे पनि त्यसले सार्थकता पाउन नसक्दा उनी जीवनभर अविवाहित भएरै संसारबाट विदा भए ।  

 

प्रकाशित: २४ आश्विन २०८१ ०८:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App