१८ वैशाख २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेरुतमाथि मध्यरातमा इजरायली सेनाको आक्रमण, ३७ जना मारिए

लेबनानको राजधानी बेरुतमा इजरायली सेनाले गरेको आक्रमणमा परी ३७ जनाको मृत्यु भएको छ।

बिहीवार राति हिजबुल्लाको केन्द्र मानिएको बेरुतको दक्षिणी क्षेत्र दहिहमा विमानस्थल नजिकै इजरायली सेनाले गरेको हवाई आक्रमणमा १ सय ५१ जना घाइते भएका छन्।

न्यूयोर्क टाइम्सका अनुसार सयैद हसन नसरल्लाहका प्रमुखको मृत्यु पछि जिम्मवारी सम्हालेका हाशिम सफिद्दिनलाई लक्षित गरी उक्त आक्रमण गरिएको हो।

लेबनानको स्थानीय सञ्चार माध्यमहरूका अनुसार अन्डरग्राउन्ड बङ्करमा हिजबुल्लाका शीर्ष नेताहरूसँग छलफल गरिरहेका बेला इजरायलले उक्त आक्रमण गरेको हो।

यसैबीच, इजरायली सेनाले शुक्रवार बिहान वेस्ट बैँकमा गरेको आक्रमणमा परी हमास नेटवर्कका प्रमुखसहित १८ जनाको मृत्यु भएको छ।

प्रकाशित: १८ आश्विन २०८१ १२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App