४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दैनिक ३ घन्टा मात्रै सुत्छन् मोदी, गर्छन् योगअभ्यास

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ७४ वर्षमा प्रवेश गरेका छन्। मोदीको जन्म सन् १९५० सेप्टेम्बर १५ मा भारतको गुजरात राज्यमा भएको हो।

लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बनेका मोदी ७४ वर्षमा पनि निकै फिट छन्।

मोदीले आफ्नो दिनको सुरुआत योगाभ्यासबाट गर्छन् र सन्तुलित खानपान उनको स्वस्थ जीवनको मूलमन्त्र हो।

उनी दैनिक ४० मिनेट योग गर्छन्। जसको सुरुआत सूर्य नमस्कार र प्राणायामबाट हुन्छ। त्यस्तै उनी अनिद्राको समस्याबाट जोगिनका लागि योग निद्रा पनि गर्छन्। त्यसबाहेक मोदी आफूलाई फिट राख्नका लागि वज्रासन, सेतुबन्धासन, भुजङ्गासन र उत्तानपादासन जस्ता योग पनि गर्छन्।

त्यस्तै पैदल हिँड्ने बानी पनि छ उनको। सकभर उनी कतै जाँदा पैदल हिँड्न रुचाउँछन्।  

प्रधानमन्त्री मोदी शाकाहारी हुन्। विभिन्न समयमा उनी व्रत पनि बस्ने गर्छन्। सामान्यता बिहान ९ बजेसम्म उनले आफ्नो खाजा खाइसक्छन्। जसमा लौकाको पराठा उनको प्रिय खाजा हो।

बेलुकाको खाना पनि सामान्य रहन्छ। जसमा गुजराती खिचडी उनको प्रिय भोजन हो। दाल, भात, जाउलो र हरियो सागसब्जी उनको नियमित खानपानमा समावेश हुन्छ।

प्रधानमन्त्री मोदी दैनिक ३ घन्टा मात्रै सुत्छन् भने साँझ ६ बजेपछि कुनैपनि प्रकारको भोजन सेवन गर्दैनन्।

प्रकाशित: १ आश्विन २०८१ १४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App