३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध हत्या आरोपमा मुद्दा दर्ता

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध हत्या मुद्दामा छानबिन हुने भएको छ।

बीबीसीका अनुसार बङ्गलादेशको एक अदालतले राजधानी ढाकाको एउटा किराना पसल सञ्चालकको हत्यामा पूर्व प्रधानमन्त्री हसिनाको भूमिकाको जाँचका लागि आदेश दिएको हो।

हत्या मामिलामा उजुरी दिने पीडितको तर्फबाट मुद्दा लड्ने अधिवक्ताले किराना पसल सञ्चालकको हत्या गत महिना विद्यार्थी आन्दोलनको क्रममा भएको बताए।

पूर्व प्रधानमन्त्री हसिना र अन्य ६ जनाविरुद्ध आमिर हमजाले हत्या आरोपमा मुद्दा दायर गरेका छन्। जसमा बङ्गलादेशको चीफ मेट्रोपोलिटन मजिस्ट्रेटको अदालतले सुनुवाईका लागि अनुमति दिएको हो।

बङ्गलादेशमा गत महिना भएको आन्दोलनको क्रममा ३ सयभन्दा बढीको मृत्यु भएको थियो भने हजारौँ घाइते भएका थिए। हिंसा पछि पहिलोपटक हसिनाविरुद्ध हत्या मामिलामा मुद्दा दर्ता भएको हो।

प्रकाशित: ३० श्रावण २०८१ ०६:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App