२५ भाद्र २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प

फाइल।

जापानमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि त्यहाँ सुनामीको चेतावनी जारी गरिएको छ।

दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। जापानको सरकारी समाचार संस्था एनएचेका अनुसार मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावनाका बीच सुरक्षित रहन सरकारले अपिल जारी गरेको छ।

भूकम्पले के कति क्षति पुर्यायो भन्ने विवरण आउन बाँकी छ। गत जनवरीमा जापानको इशिकावामा ७.६ तीव्रताको भूकम्प जाँदा कम्तिमा ४८ जनाको मृत्यु भएको थियो।

अपडेट : दक्षिणी जापानमा बिहीबार ६.९ तीव्रताको भूकम्पकाे केही मिनेटमै ७.१ तीव्रताको अर्को भूकम्प मापन गरिएकाे अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

यो पनि पढ्नुहोस्

दक्षिणी जापानमा ७.१ तीव्रताको अर्को भूकम्प

प्रकाशित: २४ श्रावण २०८१ १४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App